दाेश्रो मेयर कप खेलकुद प्रतियोगिता २०७५ का झलकहरु
सूचना
फोटो ग्यालरी
षडानन्द नगरपालिकाको केन्द्र दिङ्ला बजार मा नेवारी समुदायद्वारा देखाईने लोकप्रिय सास्कृतिक पर्व लाखे जात्रा सुरु भएको छ। यो जात्रा नाग पञ्चमिको दिनबाट सुरु भएर कृष्ण जन्माष्टमीको भोलिपल्टसम्म धुमधामका साथ मनाइन्छ।
जात्राको मुख्य आकर्षण भनेकै मुकुण्डोधारी लाखे हुन्छ। ढोल, झ्याम्टाको तालमा जातीय संस्कृति र परम्पराहरुलाई नक्कल गर्दै लाखेसहित सहभागी सबैले नाच्ने र रमाइलो गर्ने गरिन्छ। लाखे बन्नेले केही दिन अघिबाटै शुद्ध खानेकुरा खाएर तयार भएर बसेको हुनुपर्ने हुन्छ।
यस जात्रालाई नेवार समुदायले विशेष महत्वका साथ मनाउछ। ‘साँस्कृतिक, धार्मिक महत्व त छदैछ, सँगै आपसी भाइचारा, भातृत्व कायम राख्ने, घर परिवार, आफन्तजन जमघट हुने, दु:खसुख आदानप्रदान गर्ने माध्यम हो।
फोटो साभारः स्थानिय युवाहरुको फेसवुक वालबाट।
यहि बैसाख ९ गते देखी सुरु भएको षडानन्द नगरपालिकाको मेयरकप खेलकुद प्रतियोगिता सफलतापुर्बक सम्पन्न भएको छ। यस प्रतियोगितामा अन्तरवाडास्तरिय फुटबल, महिला तथा पुरुष भलिबल प्रतीयोगिता,ब्याटबिन्टन डबल तथा आन्तरिक खुला बद्धिचाल प्रतियोगिताको आयोजना गरिएको थियो।