सूचना
अनिवार्य अवकाश प्राप्त गर्नु भएका जनस्वास्थ्य निरिक्षक श्री सुशिल कुमार राई ज्यूको विदाई कार्यक्रम ।
जनस्वास्थ्य निरिक्षक श्री सुशिल कुमार राई ज्यू नेपाल स्वास्थ्य सेवामा अनवरतरुपमा कर्तव्यनिष्ठ एवम् लगनशिलतापुर्वक विभिन्न स्वास्थ्य संस्थाहरुमा सेवारत रही स्वास्थ्य सेवामा ३५ वर्षको निरन्तर सेवा पश्चात मिति २०७९ जेष्ठ १९ गतेबाट उमेरको हदका कारण स्वास्थ्य चौकी केउरेनिपानीबाट अनिवार्य अवकाश हुनुभएको हुँदा, वहालाई सम्मान सहित आयोजना गरिएको विदाई कार्यक्रमको झलकहरु ।
तपाईको सेवानिवृत्त जीवन सुखद, सक्रिय, स्वस्थ एवंम् सुखमय रहोस भन्ने हार्दिक शुभकामनाका साथ जीवनको उत्तरोत्तर प्रगतिको कामना गर्दछौं ।