FAQs Complain Problems

सूचना

षडानन्द नगरपालिका वडा नं ३ र ९ मा निःशुल्क आँखा तथा कान जाँच शिविर सञ्चालन सम्बन्धी सूचना !!!
रोजगारदाता र सीप/रोजगार खोजकर्ताहरुलाई सीप र रोजगारीको अवसर प्राप्त गर्ने सुनौलो अवसरसम्बन्धी जरुरी सूचना
राष्ट्रिय परिचयपत्र वितरण हुने सम्बन्धी सूचना !
याङसिरिङ चोक देदी सत्तल सडक स्तरोन्नती तथा निर्माण कार्यका लागि बोलपत्र आह्वानको सूचना !!! (प्रकाशित मितिः २०८३।०५।२५)
निःशुल्क आँखा तथा कान जाँच शिविर सम्बन्धी सूचना !
सेवा करारमा पदपूर्ति गर्ने सम्बन्धी सूचना !!!
रेडियोग्राफर, फार्मेसी र अ.न.मी. पदका लागि लिइएको परिक्षाको अन्तिम नतिजा प्रकाशन गरिएको सूचना !!!
नदीजन्य पदार्थ (ढुङ्गा, गिटी, बालुवा) संकलन, उत्खनन् तथा बिक्री कर संकलन गर्ने कार्यको बोलपत्र सम्बन्धी सूचना !!!
लिखित परीक्षाको नतिजा प्रकाशन तथा अन्तर्वार्ता परीक्षा सञ्चालन सम्बन्धी सूचना !!!
बहाल विटौरी (शनिबारे हाटबजार) कर संकलन गर्ने सम्बन्धी शिलबन्दी बोलपत्र आव्हानको (दोश्रो पटक प्रकाशित) ७ दिने सार्वजनिक सूचना !!!

News and Notices

प्रमुख प्रशासकीय अधिकृत ज्यूको स्वागत तथा विदाई कार्यक्रम

मिति २०८०/०६/२५ गते यस षडानन्द नगरपालिकाका नगर प्रमुख श्री सुरेन्द्र कुमार उदासज्यूको अध्यक्षता एवम् नगर उपप्रमुख श्री प्रमिला राईज्यूको समुपस्थितिमा यस नगरपालिकामा मिति २०७९/०५/२२ गते देखी २०८०/०६/२५ गते सम्म यस षडानन्द नगरपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत श्री विनोद कुमार भण्डारी ज्यूको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, कोशी प्रदेशमा सरुवा भई जानु भएको र यस नगरपालिकामा श्री मोहन प्रसाद चापागाई ज्यू प्रमुख प्रशासकीय अधिकृत रुपमा सरुवा भई खटिई आउनु भएको छ । दुबै जनाको क्रमश स्वागत तथा विदाई (फेरी भेटौंला) कार्यक्रमका झलकहरु... यहाँहरुको आगामी कार्याकाल सफलताको शुभकामना !

हार्दिक समवेदना !!!

हार्दिक समवेदना !!!

यस षडानन्द नगरपालिका, दिङ्ला, भोजपुरका नगर प्रमुख श्री सुरेन्द्र कुमार उदास ज्यूको ममतामयी आमा श्री भुवनेश्वरी उदासको मिति २०८० भाद्र १९ गते ८३ वर्षको उमेरमा भएको दुःखद निधनले नगरपालिका परिवारलाई मर्माहित एवम् स्तब्ध बनाएको छ । यस शोकको घडीमा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोकाकुल परिवारजन प्रति ईश्वरले धैर्य धारण गर्ने शक्ति प्रदान गरुन् भनि समावेदना प्रकट गर्दछौ ।

षडानन्द नगरपालिका परिवार
 

षडानन्द नगरपालिका पूर्ण खोप नगरपालिका सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रम ।

षडानन्द नगरपालिका पूर्ण खोप नगरपालिका सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रम ।

आज मिति २०८० बैशाख २७ गते बुधबारका दिन यस षडानन्द नगरपालिका नगर खोप समन्वय समिति तथा षडानन्द नगरपालिका नगर प्रमुख श्री सुरेन्द्र कुमार उदास ज्यूको अध्यक्षतामा यस नगरपालिका अन्तर्गतका सम्पूर्ण वडाहरु मिति २०८० बैशाख २१ गतेका दिन पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा पश्चात पूर्ण खोप घोषणाको लागि निर्देशिका बमोजिम पूर्ण खोप नगरपालिका सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रम निर्वाचित जनप्रतिनिधिहरु, राजनैतिक दलका अध्यक्ष तथा प्रतिनिधिहरु, विभिन्न सरकारी तथा गैरसरकारी संस्था तथा कार्यालय प्रमुख तथा प्रतिनिधिहरु, नगरपालिका अन्तर्गतका शाखा प्रमुखहरु, विद्यालयका प्रमुख तथा प्रतिनिधिहरु, स्वास्थ्य संस्थाका प्रमुख तथा प्रतिनिधिहर, राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयं सेविकाहरु, पत्रकारहरु तथा अन्य सम्पूर्ण सरोकारवालाहरुको उपस्थितिमा भव्यताका साथ सम्पन्न गरियो ।

Pages