सूचना
उपभोक्ता समितिका पदाधिकारीहरुलाई क्षमता विकास सम्बन्धी अभिमुखीकरण तथा योजना सम्झौता कार्यक्रम २०८१ वडा नं ९ किमालुङ्ग झलकहरु ।
उपभोक्ता समितिका पदाधिकारीहरुलाई क्षमता विकास सम्बन्धी अभिमुखीकरण तथा योजना सम्झौता कार्यक्रम २०८१ वडा नं ९ किमालुङ्ग झलकहरु ।
षडानन्द नगरपालिको चालु आ.व २०८१/०८२ मा वार्षिक योजना/कार्यक्रम कार्यान्वयन गर्न उपभोक्ता समिति मार्फत सञ्चालन हुने योजनाहरु प्रभावकारी र गुणस्तरीय रुपमा सञ्चालन गर्न वडा स्तरमा मिति २०८१/९/३ गते ९ नं वडामा संचालन गरिने योजनाका लागि गठित उपभोक्ता समितिका पदाधिकारीहरुलाई प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्यहरू, योजना शाखा प्रमुख, प्राविधिक कर्मचारीहरु इन्जिनियर, सब इन्जिनियरहरु, कर्मचारीहरु लगायत उपभोक्ता समितिका पदाधिकारीहरुको उपस्थितिमा योजना सञ्चालन सम्बन्धी क्षमता विकास बारे अभिमुखीकरण कार्यक्रम २०८१ साथै योजनाहरुको सम्झौता र राष्ट्रिय वाणिज्य बैंक दिङ्ला शाखाको सहकार्यमा उपभोक्ता समितिको खाता संचालन गर्ने कार्यक्रम सम्पन्न भएको छ ।