FAQs Complain Problems

सूचना

षडानन्द नगरपालिका वडा नं ३ र ९ मा निःशुल्क आँखा तथा कान जाँच शिविर सञ्चालन सम्बन्धी सूचना !!!
रोजगारदाता र सीप/रोजगार खोजकर्ताहरुलाई सीप र रोजगारीको अवसर प्राप्त गर्ने सुनौलो अवसरसम्बन्धी जरुरी सूचना
राष्ट्रिय परिचयपत्र वितरण हुने सम्बन्धी सूचना !
याङसिरिङ चोक देदी सत्तल सडक स्तरोन्नती तथा निर्माण कार्यका लागि बोलपत्र आह्वानको सूचना !!! (प्रकाशित मितिः २०८३।०५।२५)
निःशुल्क आँखा तथा कान जाँच शिविर सम्बन्धी सूचना !
सेवा करारमा पदपूर्ति गर्ने सम्बन्धी सूचना !!!
रेडियोग्राफर, फार्मेसी र अ.न.मी. पदका लागि लिइएको परिक्षाको अन्तिम नतिजा प्रकाशन गरिएको सूचना !!!
नदीजन्य पदार्थ (ढुङ्गा, गिटी, बालुवा) संकलन, उत्खनन् तथा बिक्री कर संकलन गर्ने कार्यको बोलपत्र सम्बन्धी सूचना !!!
लिखित परीक्षाको नतिजा प्रकाशन तथा अन्तर्वार्ता परीक्षा सञ्चालन सम्बन्धी सूचना !!!
बहाल विटौरी (शनिबारे हाटबजार) कर संकलन गर्ने सम्बन्धी शिलबन्दी बोलपत्र आव्हानको (दोश्रो पटक प्रकाशित) ७ दिने सार्वजनिक सूचना !!!

फोटो ग्यालरी

रुद्राक्ष(Ultrasum Bead Tree , Rosery Nut), नेपालको मध्य पहाडी क्षेत्रमा पाईने वनस्पति र यसमा फल्ने फल हो । यसको रुख र फल दुबैलाई नेपाली,संस्कृत र हिन्दी भाषामा रुद्राक्ष भनिन्छ । रुद्राक्षको एकै बोटमा एकपटक फल लाग्दा विभिन्न मुख, आकार र विभिन्न नापका दानाहरू फल्दछन् । यसको दानामा माथिबाट झरेका रेखाहरू (Vertical ) रेखाहरू हुन्छन् । त्यही रेखालाई मुख भनिन्छ र जतिवटा रेखा हुन्छन् त्यति नै मुखे रुद्राक्ष भनिन्छ । यो फल(रुद्राक्ष) एक मुखे देखि २७ मुखे सम्म भएको बिश्वास गरिन्छ । यो संस्कृतको रुद्र र अक्ष बाट बनेको हो । शाब्दिक अर्थमा यो भगवान शिवको अश्रु जलबिन्दु मानिन्छ । नेपाली शब्दसागर शब्दकोषमा रुद्राक्ष शब्दलाई "लामा-लामा हरिया केशर हाँगामा-फूल सेता हुने स्याउले एक ठूलो जातको रुख र त्यसैको साना ओखर वा तिमिला खाले काँडे फल" भनेर परिभाषित गरिएको छ । रुद्राक्षलाई हाम्रो गाउँघरमा दाना भनेर पनि चिनिन्छ । धार्मिक महादेवको वस्तुका रूपमा वनस्पति रुद्राक्षको महिमा धेरै छ । रुद्राक्षको उत्पत्तिका बारेमा पौराणिक कथा अनुसार भगवान शिवले महाबली दैत्य सुरलाई नाश गर्न लामो समयसम्म चिन्तन गरी आँखा खोल्दा शिवको सूर्यमुखी आँखाबाट बगेको आँसुका थोपा निस्की विभिन्न ठाउँमा छरिन गए । यिनै छरिएका आँसुका थोपा वृक्षमा परिणत हुन गएकाले शिवका आँसुका उपजलाई रुद्राक्ष वृक्षहरू भनेर नामाकरण गरियो । 'रुद्राक्ष रहस्य' नामक पुस्तकका अनुसार रुद्राक्ष २७ मुखीसम्म हुन्छ भनेका छन् भने हालैको खोजअनुसार संसारभरि ३८ मुखीसम्म रुद्राक्ष पाइएको खोजकर्ताले बताएका छन् तर सामान्यतः १ देखि १४ मुखीसम्म मात्र सर्वसुलभ उपलब्ध हुन्छन् । एकमुखी र नौ मुखीदेखि १४ मुखी रुद्राक्ष निकै दुलर्भ मानिन्छ ।

नौ मुखी रुद्राक्ष

धा‍र्मिक विश्वाश अनुसार एकमुखी रुद्राक्ष भगवान शिव, द्विमुखी श्री गौरी-शंकर, त्रिमुखी तेजोमय अग्नि, चतुर्थमुखी श्री पंचदेव, षष्ठमुखी भगवान कार्तिकेय, सप्तमुखी प्रभु अनंत, अष्टमुखी भगवान श्री गणेश, नवममुखी भगवती देवी दुर्गा, दसमुखी श्री हरि विष्णु, तेरहमुखी श्री इंद्र तथा चौदहमुखी स्वयं हनुमानजीको रूप मानिन्छ । विभिन्न आकारका रुद्राक्ष धारणबाट फल पाइन्छ । अमला आकारको रुद्राक्ष धारण गर्दा सबै अरिष्ट नाश हुन्छ । बयर आकारका रुद्राक्षले सुख र सौभाग्य बढाउँछ । लालगेडी आकारको साना दाना भएको रुद्राक्षबाट सबै मनोरथ पूरा हुन्छन् भनिएको छ ।[१] रातो, कालो, सेतो र पहेँलो रङको पनि रुद्राक्ष हुने हुँदा कालो रङ्गको रुद्राक्ष सबैभन्दा राम्रो मानिन्छ । यस्तै जुन रुद्राक्षमा प्वाल नपारीकन धागो छिराउन सकिन्छ त्यो सबैभन्दा राम्रो र सर्वश्रेष्ठ मानिन्छन् ।

रुद्राक्ष

Pages