FAQs Complain Problems

सूचना

News and Notices

हार्दिक समवेदना !!!

हार्दिक समवेदना !!!

यस षडानन्द नगरपालिका, दिङ्ला, भोजपुरका नगर प्रमुख श्री सुरेन्द्र कुमार उदास ज्यूको ममतामयी आमा श्री भुवनेश्वरी उदासको मिति २०८० भाद्र १९ गते ८३ वर्षको उमेरमा भएको दुःखद निधनले नगरपालिका परिवारलाई मर्माहित एवम् स्तब्ध बनाएको छ । यस शोकको घडीमा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोकाकुल परिवारजन प्रति ईश्वरले धैर्य धारण गर्ने शक्ति प्रदान गरुन् भनि समावेदना प्रकट गर्दछौ ।

षडानन्द नगरपालिका परिवार
 

षडानन्द नगरपालिका पूर्ण खोप नगरपालिका सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रम ।

षडानन्द नगरपालिका पूर्ण खोप नगरपालिका सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रम ।

आज मिति २०८० बैशाख २७ गते बुधबारका दिन यस षडानन्द नगरपालिका नगर खोप समन्वय समिति तथा षडानन्द नगरपालिका नगर प्रमुख श्री सुरेन्द्र कुमार उदास ज्यूको अध्यक्षतामा यस नगरपालिका अन्तर्गतका सम्पूर्ण वडाहरु मिति २०८० बैशाख २१ गतेका दिन पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा पश्चात पूर्ण खोप घोषणाको लागि निर्देशिका बमोजिम पूर्ण खोप नगरपालिका सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रम निर्वाचित जनप्रतिनिधिहरु, राजनैतिक दलका अध्यक्ष तथा प्रतिनिधिहरु, विभिन्न सरकारी तथा गैरसरकारी संस्था तथा कार्यालय प्रमुख तथा प्रतिनिधिहरु, नगरपालिका अन्तर्गतका शाखा प्रमुखहरु, विद्यालयका प्रमुख तथा प्रतिनिधिहरु, स्वास्थ्य संस्थाका प्रमुख तथा प्रतिनिधिहर, राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयं सेविकाहरु, पत्रकारहरु तथा अन्य सम्पूर्ण सरोकारवालाहरुको उपस्थितिमा भव्यताका साथ सम्पन्न गरियो ।

Pages

षडानन्द नगरपालिका रहेको स्थान